पोखराका व्यवसायी बलराम गौतम विरगंजमा मृत फेला
पाेखरा | माघ २९, २०७९
पोखरा: पोखराको गैह्रापाटन निवासी बलराम गौतम सम्पर्कविहीन भएको २७ दिनपछि विरगंजमा मृत फेला परेका छन् ।
गत माघ २ गतदेखी सम्पर्कविहीन भएका गौतम शनिबार विहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेको परिवारजनले जनाएको छ ।
गौतम सम्पर्कविहिन भएदेखीनै उहाँको खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोवाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी पठाएको परिवारले जनाएको छ । गौतमलाई हृदयघात भएको आशंका गरिएको छ ।
परिवारका अनुसार सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे गौतम आएको देखिएको छ । त्यसपछि शौचालय गएको देखिने र पार्कमा बस्ने कुर्सीमा चिया लिएर आरामले बसेर चिया खाएको अवस्थामा टाउको झुकेको देखिएको छ । प्रहरीले हिजो विहान ८ः४५ बजे पार्कबाट अस्पताल लगेको थियो । मृतक गौतमको शव पोष्टमार्टम गरी शनिबार राति पोखरा ल्याइएको छ ।
गौतमको परिवार पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गैह्रापाटन बस्दै थिए। ५६ वर्षीय गौतम माघ २ गते सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन सकेको थिएन ।
गौतम नेकपा(एमाले) गण्डकी प्रदेश कमिटी सदस्य समेत थिए । उनका श्रीमति र तीन छोरी छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

